please visit:
devbahadurdongol.blogspot.com
this write up is in Nepali
धेरै सस्तोमा जलविद्युत
(ज्येष्ठ २३, २०६६, गोरखापत्र)
देव बहादुर डंगोल, पिएच. डी.
पारिचय
सय वर्ष भन्दा पहिले देखि पानीको सहायतावाट हामीले जलविद्युत उत्पादन गर्दै आएका छौँ । आवश्यकता अनुसार उचित उचावाट पानीलाई खसालेर टर्वाईन घुमान्छ, जस्ले विद्युत क्रियाशिल वा प्रवाह गराउने जेनेरेटरलाई घुमाउँछ । पानी खसाल्नललाई प्राप्त शक्ति वस्तवमा पृथ्विको भू-आकर्षण वल हो । जुन सुकै वल प्रयोग गरे पनि विद्युत उत्पादन गर्न ट।र्बाईन घुमाउन आवश्यक पर्छ । आवश्यकता हनुसार पानी छिरेर जान सक्ने गरी टर्वाईन वनाईएको हुन्छ । भू-आकर्षण वललाई उपयोगमा ल्याउनको लागि उचित उचाईवाट पानीलाई वग्न दिने एउटा उपयुक्त संरचना हो ।
हाल प्रचलित पानी प्रवाह गर्ने तरिकामा पानीको द्रब्य गुण र भू-आकर्षण वलका विशेषताहरुमा पूर्ण ध्यान पु-याईएको छैन । ती दुई पछ्यका सर्वमान्य सिद्धान्तहरुमा ध्यान पु-याईएको भए धेरै टर्वाईनहरु घुमाउन पानीको प्रवाह गर्ने तरिकामा फरक हुने थियो, एउटा मात्र टर्वाईन घुमाउन पुग्ने पानीले नै धेरै टर्वाईनहरु घुमाउन सकिन्थ्यो, पानीको धेरै कम मात्राको मात्र प्रयोग हुन्थ्यो । र, सो पानी खान वा सिचाईं अथवा अन्य कामको लागि पनि उपलब्ध गराउन सकिन्थ्यो । हालको प्रचलित तरिका अनुसार हरेक एउटा टर्वाईनलाई छुट्टा छुट्टै पाईप मार्फत पानी पु-याईन्छ । अत: धेरै टर्वाईनहरु घुमाउन धेरै पानीको आवश्यकता हुन्छ । यसरी पानी प्रवाह गर्दा जति जस्तो पानी टर्वाईन भित्र पसेको उस्तै वाहिर निस्कन्छ । भू-आकर्षण वलमा पनी केही कमि हुँदैन । पानीको गतिमा पनि फरक पर्दैन । जति मात्रा भित्र पसेको हो त्यति मात्रा नै पानी वाहिर निस्कन्छ । पानी वगेको पाईप भरी नै पानीको चाप पनि एकनासै हुन्छ । निरन्तर भू-आकर्षण वलको कारणले माथि स्थित पानी मात्र तल खस्छ ।
धेरै टर्वाईनहरुलाई पानी प्रवाह गर्ने प्रणालिमा ल्याउन सकिने परिवर्तन:
पानीको द्रब्य गुणहरु र भू-आकर्षण वलका विशेषताहरुको आधारमा एक भन्दा बढी टर्वाईनहरुलाई एउटा टर्वाईन घुमाउनलाई मात्र पुग्ने पानी प्रवाह गरी सोहि एउटै पाइपमा एक पछि अर्को टर्वाईनहरु क्रमश: जडान गरी सवै टर्वाईनहरुलाई पूर्ण रुपमा संचालन गर्न सकिन्छ ।
सो अनुसार पानी प्रवाह गर्दा टर्वाईनको कार्य छ्यमतामा केहि पनि कमि हुँदैन । ती दुवै वैग्यानिक पछ्यहरुको प्रमाणित सिद्धान्तहरुले पनि सो कुराको पुष्टि गर्दछ । मुख्यत: ती दुई वैग्यानिक पछयहरुलाई ध्यानमा राखेर नै टर्वाईन घुमाउन पानी प्रवाह गरिएको हुन्छ । एउटा मात्र टर्वाईन घुमाउन पुग्ने पानी एउटा पाईपवाट मात्र प्रवाह गरी एक भन्दा धेरै टर्वाईनहरु संचालन गर्दा लागत धेरै कम हुन्छ ।
जलविद्युत आयोजनामा पानी प्रवाह गर्न प्रयोगमा आउने एउटा मात्र शक्ति भू-आकर्षण वलबाट मात्र प्राप्त हुन्छ । जल विद्युतवाट प्राप्त विद्युतवास्तवमा भू-आकर्षण वल हो । अत: जल विद्युत भन्नु भन्दा भू-विद्युत भन्नु उचित हुने छ ।
भू-आकर्षण वल भनेको अथाह, कहिल्यै नसकिने, कुनै उपायले वाधा पु-याउन वा छेक्न सकिँदैन, जति उपयोग गरे पनि कम नहुने र कुनै पनि ठाउँको हरेक विन्दुमा जहिले पनि निरन्तर प्राप्त भै नै रहन्छ, हटाउन पनि सकिँदैन । हवाको वल, चुम्बकिय वल, वा प्रकाशको वललाई छेक्न सकिन्छ तर भू-आकर्षण वललाई छेक्न सकिँदैन । कुनै पनि पदार्थको पिण्ड रहे सम्म सो वल रहि रहन्छ । पिण्डको स्वभाविक प्राकृतिक गुण हो । अत: पानी निरन्तर प्रवाह भै रहेको एउटै पाईपमा एक पछि अर्को धेरै टर्वाईनहरु क्रमिक रुपमा जडान गरेर गुणात्मक धेरै गुणा वढी विद्युत प्राप्त गर्न सकिन्छ । एकनासले निरन्तर पानी वगिरहेको एकनासे पाइपमा एउटा वा धेरै वा शुन्य टर्वाईन घुमाए पनि पानीको प्रवाह वा कार्य छ्यमतामा केहि पनि फरक पर्दैन । यस्तो हुनाको कारण माथि उल्लेख गरे अनुसार भू-आकर्षण वलको विशिषताहरुले गर्दा हो ।
केही थप वैग्यानिक ब्याख्या:
प्रबाह भै रहेको वेला पाईप भित्रको पानीको पूर्ण स्तम्भ भरी नै चाप एक नास नै रहन्छ । द्रब्य गुण अनुसार पानीमा लगाईएको वल सबै दिशातिर बराबर फैलन्छ । तर यहाँ पानी प्रवाह भएको दिशा वा तल तिर मात्र पानीको चापले काम गरी रहेको हुन्छ । वगिरहेको पानीको धारको कुनै पनि निश्चित ठाउँमा वा बिन्दुमा दुई प्रकारको वलले असर वा काम गरिरहेको हुन्छ । निर्धारित कुनै पनि विन्दुको माथितिरको पानीको स्तम्भले तलतिर धकेलि रहेको हुन्छ भने त्यस विन्दुको तल तिरको पानीको स्तम्भले तलतिर नै तानि रहेको हुन्छ । क्रमश: अंग्रजीमा पुशिँग र पुलिँग फोर्ष भनिन्छ । दुवै वल यहाँ तलतिर वा पानी वगेको दिशातिर मात्र कार्यरत हुन्छ । अत: पाईपको पानीको पूर्ण स्तम्भ भरीनै चाप एकनास नै रहन्छ । नवगेको पानीको स्तम्भमा यसो हुँदैन, ऊचाई अनुसार चाप हुन्छ ।
अत: पानी प्रवाह भै रहेको एउटै पाईपमा क्रमिक रुपमा जडान गरिएका टर्वाईनहरु जब पूर्ण रुपमा घुम्न थाल्छ पाईपमा भरिएको पानीको पूर्ण स्तम्भ भरि पानीको चाप पनि एक नास नै कायम रहन्छ । यसो हुनाको कारण भू-आकर्षण वलको विशेषता नै हो । अत: वगिरहेको पानीको स्तम्भको धारमा टर्वाईन हुँदा वा नहुँदाको अवस्थामा पानीको चापमा केहि पनि फरक हुँदैन । पानीको उचाई, पाईपको उचाई, टर्वाईन भित्र पानी पस्ने र वाहिर आउने मात्रा, पानीको गति, भू-आकर्षण वल सबै पक्छ्यहरु उस्ताको उस्तै कायम रहन्छ ।
अन्य फाईदाहरु: यस प्रकार टर्वाईनहरु एउटै पाईपमा क्रमिक रुपले पानीको प्रवाहमा जोडदै जाँदा आवश्यक परेको ठाउँमा पानी पनि पु-याउन सकिन्छ । वढी उचाई भएको कुनै पनि ठाउँवाट कम उचाई भएको कुनै पनि ठाउँमा जताततै पाईप मार्फत पानी पु-याउन सकिन्छ । खानको लागि र सिचाईँको लागि पनि पानी प्राप्त हुने भयो । हरियालि वढे पछि र वर्षाद नियमित भए पछि पृथ्वीमा गर्मि नवढ्ने भयो । जलविद्युत नै असिमित प्राप्त हुने भए पछि अन्य ईन्धन वाल्न आवश्यक परेन र चाहिए भन्दा धेरै कारबोन डाईअक्साईड पनि कटौती हुने भयो । विजुलि सस्तोमा प्राप्त भए पछि खाना पकाउन ग्यास र मट्टितेलको खपत समेत धेरै मात्रामा घट्ने छ । निरन्तर रुपमा पानी प्राप्त भै रहेमा मरुभूमिमा समेत हरियालि आउने छ, सुख्खा कतै पनि हुने छैन ।
बिशेष: एउटै जलविद्दयुत गृहमा धेरै टर्वाईनहरु जडान भै सकेको भए पनि तिनीहरुलाई क्रमिकरुपमा पानी प्रवाह गर्ने गरी जडान मिलाउन सकिन्छ । यसरी परिवर्तन गरिएमा एउटै टर्वाईन चलाउन पुग्ने पानीको मात्राले धेरै टर्वाईनहरु चलाउन सकिन्छ । पानी छैन भनेर विद्दयुत कटौती गर्न परेन, संसारमा विद्युतको संकट कहिल्यै हुने छैन ।
जल विद्युत उत्पादन गर्न सकिने अर्को उपाय: हवाको शक्तिलाई उपयोग गरेर पनि विजुलि उत्पादन गरिन्छ । हाम्रो लागि यो प्रविधि धेरै खर्चिलो हुनुको साथै उपयुक्त नहुन सक्छ । हवाको वेग र दिशा परिवर्तन भै रहन्छ । त्यसको साटो धेरै वेगमा वगि रहेको पानीको धारलाई उपयोगमा ल्याउन सकिन्छ । हाम्रो देशमा वेगमा वगि रहने नदीहरु प्रसस्त छन् । पानीलाई चाहे अनुसार ठाँउमा वग्ने गरी मिलाउन गाह्रो हुँदैन । यसवारे अनुन्धान गरी आवश्यक प्रविधि विकास गरेमा देश भरीको नदीहरुको लाखौँ ठाँउहरुमा टर्वाईनहरु जडान गरी विद्युत गर्न सकिनेछ ।
the following video shows the method of installing turbines in series
email: dev.dangol@yahoo.co.uk blog: devbahadurdongol.blogspot.com
देव बहादुर डंगोल, पिएच. डी.
टेकु, शहिद शुक्र गल्ली, घर नं २४, काठमाडौं, वडा नं . १२
टे. ४ २५ ३० ४५ मो. ९८४१ ६४७ ३९३
Saturday, 7 November 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment